दुम्किबासको भानूदय माविमा विराट ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव शुरु

59







नवलपुर, २२ मंसिर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासमा रहेको भानूदय माविमा शनिबारबाट विराट ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव शुरु भएको छ ।

महायज्ञको संघीय सांसद तिलक महतले उद्घाटन गरेका थिए । महायज्ञ शुरु हुनु पूर्व दुम्किबास बजार वरिपरि शोभा कलश यात्रा निकालिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै संघीय सांसद तिलक महतले आगामी आर्थिक बर्षमा सांसद कोष र अन्य क्षेत्रबाट सहित गरी आफूले ५० लाख आर्थिक सहयोग जुटाइदिने प्रतिबद्धता गरेका थिए ।

त्यस्तै गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठले महायज्ञमा २० लाख सहयोग गर्ने वचन व्यक्त गरका छन् । उनले कार्यक्रममा बोल्दै प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक विद्यालय खोल्नका लागि बजेट विनियोजन गरेको बताउँदै त्यसका लागि विद्यालयले समन्वय गरी प्रदेश सरकारसँग माग गर्न जोड दिए ।

कार्यक्रम भानुदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा भएको थियो ।

मंसिर २९ गतेसम्म चल्ने महायज्ञमा ईश्वर रेग्मी र वासुदेव घिमिरेले कथा वाचन गर्ने छन् ।

You might also like
Loading...