राशिफल ०७५ साल मङ्सिर २५ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८
२०७५ साल मङ्सिर २५ गते
मेष: मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
वृष: शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ।
मिथुन: सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ ।
कर्कट: काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
सिंह: घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
कन्या: भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
तुला: बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला समस्या पर्दा शुभ चिन्तकहरूको साथ जुट्नेछ।
वृश्चिक: अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
धनु: लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै मानसम्मान पाइनेछ।
मकर: बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउनेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।
कुम्भ:रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ।
मीन: व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रशंसकहरू बढ्नेछन्।