अन्तराष्ट्रिय मानवअधिकार दिवसको दिन दीप प्रज्वलन

58







नवलपरासी । एम्नेस्टी ईन्टर नेशनल नेपाल समूह ४० कावासोतीले सोमबार सांझ स्थानीय थाना चोकमा दीप प्रज्वलन गरी सत्तरीऔं अन्तराष्टिय मानव अधिकार दिवश मनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडी राजमार्ग किनारमा रहेको प्रतिक्षालयमा एआई नेपालका पूर्व केन्द्रिय सदस्य एवं अधिवक्ता चेतनारायण भुसालले दीप प्रज्वलन गरी समारोहको समुद्घाटन गर्नु भएको थियो ।
दीप प्रज्वलन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि भुसालले सन १९४८ देखि मनाउदै आएको विश्व मानव अधिकार दिवशले विश्वमा मानव अधिकारको रक्षा र मानव अधिकार हननका घटनाहरु दोहोरिन नदिन राज्य र गैर राज्य सवै पक्षलाई सजग तथा खवदारी गर्ने बताउनु भयो ।
समारोहमा उद्योग बाणिज्य संघ नवलपुरका वरिष्ठ उपाध्यक्ष पुष्प पाण्डे, प्राध्यापक विष्णु लम्साल, नेपाल रेडक्रस कावासोती पूर्व अध्यक्ष योग प्रसाद उपाध्याय, प्रेस युनियन केन्द्रिय सचिव केवी राना, जिल्ला अध्यक्ष बीरेन्द्र पराजुली, प्रहरी निरिक्ष प्रकाश श्रीमल, जेसी बैकुण्ठ अर्याल लगायत शिक्षक, प्रत्रकार एवं बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।
एम्नेस्टी केन्द्रिय निर्देसन अनुसार दीप प्रज्वलन कार्यक्रम एआई नेपाल समूह ४० कावासोतीका संयोजक घनश्याम बगालेको सभापतित्वमा सम्पन्न भएको थियो ।

You might also like
Loading...