तिन सातामै भत्कियो सडक





नारायण शर्मा
नवलपरासी । देशकै लाइफलाइन मानिने महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने सडक खण्ड बनाएको ३ साता नहँुदै भत्किएको छ। सडक डिभिजन कार्यालय बुटवलले आफै सोझै बनएको सडक गुणस्तरहिन सामाग्री प्रयोग गरेका कारण भत्किएको हो ।

दशैं अघि भत्किएको सडक टाल्न सडक डिभिजन कार्यालयले अमानतमा (सोझै लेबर, मिस्त्री र सामाग्री खरिद गरेर) काम गरेको थियो।
तत्काल गर्नपर्ने र ठेक्का लगाउने समय नै नभएको भन्दै सडक डिभिजन कार्यालय बुटवलले आफै गरेको काम ( सडक टाल्टुल ) तिन साता पनि नटिकेर भत्केको हो।




सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनिले ठेकेदार मार्फत गराएको भए ७०–७५ लाख लाग्ने काम आफै तत्काल गर्दा ४५ लाख मै काम सकिएकाले बर्षौसम्म टिक्ने बनाउन नसकिएको दावी गरे। ४५ लाखले दशैं, तिहारको बेला हिडन मिल्ने बनाइएको उनले दाबी गरे। दाउन्ने खण्डमा पर्ने १४ किलोमिटर पहाडि सडक खण्डको आधा भन्दा बढि भाग भत्किएर धुलोले दिउसै बत्ति बाल्न पर्ने अवस्थाको भएपछि हतारहतारमा सडक डिभिजन कार्यालय आफैले कर्मचारी खटाएर सडक बनाएको थियौं ।

सडक बनाएको तीन सातापछि सबै भत्किएर २ फिटसम्म गहिरो खाल्डा बनेको छ भने भत्केका कारण धुलाम्य भएको छ । तिहार पछि सडक आफंैले मर्मत सम्हार गरेको सडक तीन साता नहुँदै पुरै भत्किएको छ र खाल्डैखाल्डा बनेको छ । राजमार्गमा धुलो उडेर सडकका चालकले बाटो पहिल्याउन गाडी रोक्न पर्ने अवस्था छ ।
‘सडक डिभिजन कार्यालयलाई चाँडो र गुणस्तरीय सडक निर्माणकालागि पटक पटक आग्रह गरेका थियांै तर १५ दिन पनि नटिक्ने गरि आँखामा छारो हाल्ने खालको सडक बनाएर सरकारी रकम सक्ने काम गरे’ उक्त सडक पर्ने विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख डम्बर जिसी भन्छन् दाउन्ने सडक देशकै लाइफलाइन हो । सधै भत्किएको भत्किएै छ सडकले टालेको टाल्यै छ । गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग नगरेका कारण त्यस्तो भएको उनको भनाई छ तर सडक डिभिजनका प्रमुख मरासिनि भने त्यो आरोपमा सत्यता नभएको र गुणस्तरीय सामाग्री नै प्रयोग भएको दाबी गर्छन् ।
उनले सरकारी मापदण्ड अनुसारको निर्माण सामाग्री प्रयोग गरेपनि बढी तौल क्षमताका गाडी हिडेका कारण सडक भत्किएको दाबी गर्छन् । तीन पटकसम्म दोहो¥याएर मरासिनी नै कार्यलय प्रम्ुाखको जिम्मेवारी लिएर बुटवल सडक कार्यालयको प्रमुख हुने गरेका छन््।
यस अघि २ पटक सम्म त्यसै कार्यालयमा जिम्मैवारी सम्हालेका मरासिनी पहुचवाला मानिन्छन् । उनको कार्यकालमा बनाइएको सडक भत्किएको भत्किएै छ । महेन्द्रराजमार्ग अन्तरगत बुटवल नारायणगढ खण्डको सबै भन्दा पहाडि र घुमाउरो सडक खण्ड दाउन्नेमा पर्छ । दाउन्ने बजारदेखि दुम्किवास सम्मको ७ किलोमिटर खण्डको ४ किलोमिटर भन्दा बढि भाग निमार्ण सम्भार गरेको ३ साता नहुदै भत्किएको हो।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल त्यो सडकको धेरै पटक बिजोग स्थिती भएको गुनासो आएपछि पटक पटक डिभिजन सडक कार्यालय बर्दघाट र बुटवललाई जानकारी गराएपनि गुणस्तरिय नभएका कारण भत्किएको जानकारी दिए । उनले गुणस्तरिय सडक नबनाएर सरकारी रकम सक्ने गरेको बारेमा आफुले छानविन गर्ने जानकारी दिए ।
महेन्द्रराजमार्गमा पर्ने १४ किलोमिटर खण्डको आधा जसो भाग प्रदेश ४ र आधाभाग प्रदेश ५ मा पर्छ। त्यहा डेढदेखि २ फिट सम्म गहिरा खाडल बनेकाले सडक छिचोल्न घण्टौ लाग्ने गरेको छ । खाल्डैखाल्डा र धुलोमा घण्टौ जाममा पर्ने गरेका छन् । महेन्द्रराजमार्ग अन्तरगत बर्दघाट– दुम्किवास खण्डको १४ किलोमिटर सडक पार गर्न घण्टौ लाग्ने गरेको छ।

जताततै भत्किएको र अचाक्ली बाक्लो धुलोका कारण गाडिले दिउसै बत्ति बाल्नपर्ने अबस्था छ। यात्रुको बिजोग छ। अत्यन्त घुमाउरो १९ वटा मोड रहेको दाउन्नेको १४ किलोमिटर पक्कि खण्ड मध्य ८ किलोमिटर सडक पुरै भत्किएको र धुलैधुलोले भरीएको छ ।

राजमार्गमा २ फीट सम्मका खाल्डा परेको एक वर्ष भैसक्यो मर्मत गर्न सडक डिभिजन कार्यालय बेखबर र उदासिन छ । सडक कार्यालयले महेन्द्र राजमार्गमा खाल्डा परेको २४ घण्टा भित्र पुर्नु पर्ने नियम रहेपनि त्यसको पालना यहाँ भएको छैन।




सम्बन्धित
Loading...