हरपल सञ्चार गृह र एटिएम फाेरी चोरी गर्ने समातियाे

42







काठमाडौं । दृष्टि मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित अनलाईन सञ्चार माध्यम हरपल नेपाल डटकमको कार्यालयमा केही दिनअघि भएको चोरी घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

वानेश्वर वृतमा कार्यरत नेपाल प्रहरीको अनुसन्धान (सादा पोशाकवाला) सई रुद्ध भट्टको नेतृत्वको टिमले उक्त चोरीमा संलग्नहरुको खोजिमा विभिन्न ढंगले अनुसन्धान बढाउँदै रंगेहात पक्राउ गर्न सफल भएको हो ।

उक्त मिडियाका सम्पादक लोकराज जैसी गत १४ गतेदेखि २१ गतेसम्म काठमाडौं बाहिर रहेको अवस्था त्यहाँ चोरी भएको थियो । सम्पादक जैसीले २१ गते राती १० बजे कोठामा पुग्दा तालातोडिएको र ढोका खुल्लै देखेंपछि चोरी भएको भन्दै नजिकको प्रहरीलाई खबर गरेका थिए ।

जैसीले २२ गते विहान वानेश्वर स्थित प्रहरी वृतमा आफुले प्रयोग गर्दै आएको एसर कम्पनीको ल्यापटप एक थान र अफिसको ब्यागमा राखिएको नगद रु ९३ हजार रुपैया चोरी भएको जनाउँदै चोरको खोजि गरि आवश्यक कारवाही गर्न लिखित निवेदन पेश गरेका थिए ।

अनुसन्धानमा रहेको सई भट्ट नेतृत्वको प्रहरी टोलिले विभिन्न शंकास्पद व्यक्तिहरुमाथि विद्युतिय माध्यमबाट अनुसन्धान गरी रहेको थियो । गत मंगलबार दिउँस करिब ४ः३० बजेतिर सामान चोरी गरेको आशंकामा उक्त समूहको खोजि गरी पक्राउ गरेको जनाइएको छ ।

सई भट्टले हरपलसँग कुरा गर्दै भने–‘मंगलबार एक अर्को चोरीको घटनामा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको थियो, सोधखोज गर्दै जाँदा हरपल नेपाल डटकमबाट चोरी भएको ल्यापटप पनि उनीहरुकै लोकेशनमा भेटिएपछि कारवार्ही प्रकृया अघि बढाइएको छ ।’

प्रहरीका अनुसार उक्त मिडियाको एसर कम्पनीको ल्यापटप उनीहरुको कोठाबाट प्रहरीले आज बिहान करिब ११ः३० बजेतिर बरामद गरी उनीहरुमाथी थप अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

उक्त घटनामा संलग्नहरुको विषयमा जानकारी माग्न वानेश्वर प्रहरी कार्यालयमा जम्मा भएका पत्रकारहरुसँग कुराकानी गर्दै डिएसपी गोविन्दराज काफ्लेले उक्त चोरीको घटनामा मकवानपुर जिल्लाको पौरखी गाविस ७ का ढिकाराम बिकका छोरा बर्ष १८ का नबिन बिक र उनका एक सहयोगी रवि नेपालीलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरु दुबै जना काठमाडौं महानगरपालिका, ७ अन्तर्गत गौशाला क्षेत्रमा कोठाभाँडामा बस्ने गरेको डिएसपी काफ्लेले खुलाए । पक्राउ परेका मध्ये नविन विभिन्न स्थानबाट ल्यापटप, मोबाईल जस्ता सामानहरुको चारी गरी ल्याउने र अर्का रविले त्यसको आन्तरिक पक्ष (सफ्टवेएर) मा परिवर्तन गरी बिक्रि गर्ने काम गर्दै आएको खुल्न आएको छ ।

पक्राउ परेका रविले ल्यापटप, कम्प्युटर र मोबाईल सम्बन्धी तालिम लिएको र त्यस सम्बन्धीत पसल समेत चलाउँदै आएको तर आफु चोरी गर्न कहिल्यै नगएको बताए । त्यस्तै पक्राउ परेका नविनले आफुले ल्यापटप चोरी गरेको प्रहरीसँगको सुधपुछमा स्विकार गरेको बताइएको छ ।

प्रहरीको सुधपुछमा चोरी घटनाका अभियुक्त नविनले दिउँसो कोहि नभएको मौका पारी कोठाको ताल्चा तोडेर ल्यापटप निकालेको र कोठा खुल्लै राखि बत्ति बालेकै अवस्थामा आफु बाहिर भागेको बताएको प्रहरीले कुराकानीको सन्दर्भमा जनाएको छ । उनीलाई अरु धेरै चोरी र तोडफोडका घटनामा समेत संलग्न भएको आशंकामा प्रहरी आफ्नो अनुसन्धान जारी राखेको जनाएको छ ।

काठमाडौं ३२, सुविधा नगर स्थित सरिता पराजुली, कविता चौलागाईं, निश्चल ठाकुर लगायतका ब्यक्तिहरुको कोठाबाट कोही नभएको मौका पारी मंगलबार (२५ गते) दिउँसो ३ः ५० बजे ताल्चा फोडेर सुनको गहना तथा नगद चोरी भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको आशंका गरिएको छ ।

प्रहरीले खानतलासि गर्दा उनीहरुको साथबाट नगद पच्चिस हजार सहित सुनको सुनको जस्तो देखिने सिक्रि थान एक, सुनको जस्तो देखिने मंगलसुत्र एक थान, सुनको जस्तो देखिने घोप्टे मंगलसुत्र एक थान, एचपि कम्पनिको ल्यापटप एक थान, घर फोर्ने औजार एक थान, सामसु कम्पनीको मोबाईल एक थान र एसर कम्पनीको ल्यापटप एक थान लगायतका सामानहरु बरामद गरेको जनाएको छ ।

मक्तिनाथ विकाश बैंकको एटिएम तोडफोड गर्ने पनि पक्राउ

त्यस्तै वानेश्वर स्थित प्रहरी वृतबाट खटिएको प्रहरीको एक टोलिले गत सोमबार साँझ ६ः१५ बजेतिर मुक्तिनाथ विकाश बैंक लि. को एटिएम मेसिनबाट पैसा चोर्ने उद्देश्यले मेसिनमा तोडफोड गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ ।

उक्त बैंकको एटिएममा गत ११ गते तोडफोड भएको थियो । तोडफोडको आशंकामा पक्राउ परेका अभियुक्तिसँग प्रहरी सोधखोजबाट उनले त्यो तोडफोड गरेको खुल्न आएको छ । उनले रातको १ः०० बजेको समयमा पैसा लुट्ने उद्देश्यले मेसिन तोडफोड गरेको स्विकार गरेको खुल्न आएको प्रहरीको भनाई छ ।

बैंक तोडफोडको आफुले लामो समयदेखि तयारी गरेको र घरमा प्रवेश गर्नु भन्दा पहिले सिसि क्यामेरालाई असर गर्ने स्प्रे हालेर एटिएम फोड्ने रड सहित गएको उनले स्विकार गर्दै बताएका छन । उनी वानेश्वर स्थित भिएस निकेतन कलेजमा कक्षा ११ मा पढ्ने गरेको समेत खुल्न आएको छ । सामसुङ

प्रहरीका अनुसार एटिएम तोडफोडको आरोपमा सिराहा जिल्लाको सुखीपुर नगरपालिका, ६ स्थायी घर भई हाल काठमाडौं ३१ देउराली क्लव नजिक बस्ने बर्ष १८ का किशोर यादव पक्राउ परेका छन । पक्राउ परेका यादबमाथी प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

You might also like
Loading...