पाल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, ३ दिन र ३ बर्षकाे बालक भने सकुसल

92







पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा आर्गीडाँडामा बिहीबार राति भएको जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । चार जना घाइते भएका छन् । 

तानसेनबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जाँदै गरेको जिप दुर्घटनामा परी चालक बहादुरपुरका २० वर्षीय बीरेन्द्र राना, तीन दिनकी सुत्केरी सोही गाउँकी २४ वर्षीया कुनीसरा रुचाल, ४० वर्षीया बोमाकुमारी दर्लामी, ७१ वर्षीय रेवतबहादुर जीसी र ३२ वर्षीया यानीसरा गाहा रहेको प्रहरीले जनाएको छ ।
तानसेनबाट सुत्केरी लिएर बहादुरपुर जाँदै गर्दा लु १ ज २६५३ नम्बरको जिप दुर्घटना हुँदा तीन दिन र तीन वर्षीय बालक सकुसल रहेको जल्पाका वडाध्यक्ष निरबहादुर सारुले बताए । जल्पाको आर्गिडाँडा ओढारे भीरमा दुर्घटनाग्रस्त जिप सडकबाट झण्डै ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाका घाइते ४ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । रातिको समय र अप्ठेरो भिरमा जिप खसेकाले उद्दारमा कठिनाई भएको थियो । दुर्घटनास्थल तानसेनबाट ५७ किलोमिटर टाढा पर्छ ।

You might also like
Loading...