जुत्ता चप्पल पसलमा आगलागी निभाउन प्रयास जारी






दाङ, मंसिर २८ । तुलसीपुरको एक जुत्ता चप्पल पसलमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित रतननाथ टोलको अन्नपूर्ण ट्रेडर्स जुत्ता चप्पलको होलसेल पसलमा आगलागी भएको छ । शुक्रवार विहान साढे ५ बजेदेखि आगो लागेको स्थानीयले बताएका छन् । आगो लाग्नुको कारण थाहाँ नभएपनि विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ । तुलसीपुर उपमहानगरपालिकाको एउटा दमकल , स्काभेटरको प्रयोगले आगो निभाउन प्रयास भइरहेको पनि त्यो सार्थक भने हुन सकेको छैन । एउटा मात्रै दमकल हुन र त्यसको पानी पु¥याउन नसक्नुले आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् । यसैबीच घोराही उपमहानगरपालिकाको दमकल समेत साहेतको लागि तुलसीपुर आउन लागेको जानकारी दिइएको छ । बाक्लो घरहरु रहेको हुँदा आसपासका घरहरुमा समेत आगो फैलन नपावस भनेर प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।







सम्बन्धित
Loading...