आजको राशिफल २०७५ मंसिर २८ गते शुक्रबार

मेष: शुभचिन्तकहरूले केही आशा जगाउनेछन्। तापनि सोचेको समयमा काम नबन्न सक्छ।
वृष: निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। मिहिनेतले पनि उद्देश्य पूरा हुन सक्छ।
मिथुन: स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।
कर्कट: अर्थ अभावले पनि मन पिरोलिन सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
सिंह: पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
कन्या: पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। पढाइलेखाइमा भने सोचेजस्तो प्रगति गर्न नसकिएला।
तुला: परिवारमा आमाको माध्यमबाट फाइदा उठाउन सफल भइनेछ।
वृश्चिक: नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
धनु: दाजुभाइमा आत्मीयता बढ्नेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ।
मकर: मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
कुम्भ: आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
मीन: सुखद् समाचारले उत्साह जगाउनेछ। समयको महत्त्वलाई ख्याल गर्नुहोला, दिगो काम प्रारम्भ हुनेछ।