अखिल क्रान्तिकारीद्वारा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयमा अनिश्चितकालीन तालाबन्दी





धनन्जय अवस्थी
कञ्चनपुर मंसिर २८

अखिल क्रान्तिकारीद्वारा सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको विज्ञान तथा प्रविधि संकायमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको क्रान्तिकारी सुदुरपश्चिमाञ्चल. विश्व विद्यालय संयोजक टिकेन्द्र साउदले जानकारी दिए । विज्ञापन गरि कर्मचारी भर्ना गर्नुपर्नेमा अवैधानिक रुपमा सात जना कर्मचारी राखेको बिरोध र करारमा पीरियडमा प्रध्यापक नियुक्ति गरेको बिरोधमा तालाबन्दी गरेको हो ।





अखिल क्रान्तिकारी सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका संयोजक टिकेन्द्र साउदले प्रेस विज्ञप्ति जारी गर्दै तालाबन्दी गरी संघर्षमा उत्रिएकोे बताए । पटक पटक विश्व विद्यालयलाई धराशायी बनाउने, आफ्ना नाता गोता र पार्टीका कार्यकर्तालाई भर्ती गर्न लागेको भन्दै तालाबन्दी गरेको हो ।
विगतदेखि केही राजनैतिक दलहरुले आफ्नो स्वार्थमा विश्व विद्यालय चलाउन खोजेको अखिल क्रान्तिकारीका प्रदेश संयोजक रामबहादुर महराले बताए ।


विश्व विद्यालयका प्रिन्सिपल भूपेंद्र बिष्टले कर्मचारी आवश्यक रहेको हुँदा विकल्पको रुममा दैनिक ज्यालादारीमा राखेको र प्राध्यापक पनि आवश्यक रहेको हुँदा नियुक्ति गरेको बताए ।




सम्बन्धित
Loading...