मिनी ट्रक दुर्घटनामा १८ को मृत्यु, १६ घाइते

55







घाईतेहरू

नुवाकोट — दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित भएको दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिं तामाङले जानकारी दिए । अन्यको सनाखत भइसकेको छैन । 

 प्रहरीका अनुसार सिम्टाङमा घेवा (काजक्रिया) मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको हो।

शुक्रबार शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

You might also like
Loading...