नवलपुरमा जुवाको खालबाट एक लाख ३३ हजार नगद सहित ९ जना पक्राउ

83







नवलपुर, २९ मंसिर ।
पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका ४ मदनपुरबाट प्रहरीले शुक्रबार राति –गएराति) ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।
कौडा खेलिरहेको अवस्थामा प्रहरीले नगद १ लाख ३३ हजार नगद सहित ९ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गरेको ९ जना अहिले जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोतीमा रहेका छन् ।
पक्राउ पर्नेमा कावासोती नगरपालिका १६ का ३८ बर्षीय अर्जुन गिरी, २० बर्षीय एनिस गिरी, ४३ बर्षीय नेत्रबहादुर महतो, मध्यविन्दु नगरपालिका ३ का ४३ बर्षीय तिलकराम महतो, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी ४० बर्षीय दीपक भण्डारी, बर्दघाट १४ निवासी ३५ बर्षीय छविलाल शर्मा, बर्दघाट १५ निवासी २८ बर्षीय लालबहादुर तमाङ्ग, चितवनको राप्ती ९ पर्सा निवासी ३५ बर्षीय श्यामबहादुर श्रेष्ठ र लम्जुङ्ग घर भईहाल चितवनको भरतपुर महानगरपालिका ११ बस्ने २४ बर्षीय कविता गुरुङ्ग रहेका छन् ।

You might also like
Loading...