बाहुनगढी कालिका मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि महायज्ञ सुरु

48







नारायण भण्डारी
नवलपरासी २९ मंसिर ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा रहेको बाहुनगढी कालिका मन्दिरमा शुक्रबार बाट श्री श्री १००८ श्री सप्तचण्डी महायज्ञ सुरु भएको छ । सयौं बर्ष पुरानो मन्दिरको संरक्षण र प्रबद्र्धनका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन प्रतापपुर गाउपालिका वडा नम्बर १ र ३ को सिमानामा पर्ने बाहुनगढी कालिका मन्दिरबाट त्रिवेणी धाम पुगेर नारायणी नलिको जल लिएर आई कलश स्थापना गरिएको छ ।

कलश यात्रामा हजारौं भक्तजनहरुको उपस्थिति रहेको थियो । यात्रामा थारु समुदाय संगै पहाडिया समुदायका भक्तजनहरुको समेत सहभागिता रहेको थियो । थारु संस्कृति झल्किने विभिन्न भेषभुषा सहितको झांकी , पञ्चेबाजा समुह र विभिन्न भजन कृतन ममण्डलीहरुको समेत कलशयात्रामा सहभागि भएका थिए ।

कलश यात्रा पछि आयोजना गरिएको उद्घाटन कार्यक्रममा बोलदै प्रमुख अतिथिको रुपमा रहनुभएका प्रदेश नम्बर ५ का सांसद दिपेन्द्र कुमार अधिकारीले बाहुनगढीको संरक्षणका लागि सवै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । सांसद अधिकारीले बाहुनगढीमा समय समयमा केहि ब्यक्तिहरुmे उत्खननको प्रयास भएकोमा त्यसलाई राकेर पुरातत्व विभिागका विशेषज्ञलाई ल्याएर उत्खनन गराउनुपर्ने बताउनुभएको । सयौ बर्ष पुरानो बाहुनगढी मन्दिरको संरक्षणको लागि आफुले ब्यक्तिगत रुपमा सहयोग गर्ने र प्रदेश बाट पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । अधिकारीले प्रतापपुर गाउपालिका प्रमुखलाई गुरुयोजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्माले बाहुनगढी पुरानो धार्मिक धरोहर रहेकोले यसको विकासको लागि गाउपालिकाले पहल गरिरहेको बताउनुभयो । गत बर्षको बजेटमा १० लाख रुपैया विनियोजन गरेको र आगामी दिनमा पनि बजेट विनियोजन हुने बताउनुभयो । शर्माले बाहुनगढीमा देवी देवताका मन्दिर संगै पार्क र पिकनिक स्पोर्ट समेत निर्माण गरेर धार्मिक संग संगै पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।

महायज्ञबाट ३० देखि ५० लाख रुपैंया दान संकलन गर्ने लक्ष लिएको र संकलित रकम बाट मन्दिर, धर्मशाला लगायतका भौतिक संरचना निर्माण गरिने आर्थिक संयोजक उमेश यादबले बताउनुभयो । कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष नरबहादुर चौधरीको अध्यक्षता र राम श्रेष्ठको संचालमा भएको थियो । महायज्ञमा पण्डित आनन्द दुवे शास्त्री ले प्रवचन दिनुहुनेछ । शुक्रबार बाट सुरु भएको महायज्ञ पुस ७ गते सम्म संचालन हुनेछ ।

You might also like
Loading...