स्थानीय तहमा कामकाज ठप्प पार्ने चेतावनी

कावासोती, १ पुस । स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिले भोली सोमवारदेखि देशभरका ७ सय ५३ वटै स्थानिय तहमा काम काज ठप्प पार्ने चेतावनी दिएको छ । कार्यालय परिसरमा धर्ना दिनुको साथै कालो पट्टि बाँधेर काम गर्ने जनाएका छन् ।
आईतवार कावासोती पत्रकार सम्मेलन आयोजना गर्दै ११ गतेसम्म बाटो हेर्ने र त्यसपछि पनि सरकारले वास्ता नगरे अत्यावश्यक सेवा ठप्पा पर्ने चेतावनी दिएका छन् ।
कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले सरकारले आफुहरुको मागको वेवास्ता गर्दै अघि बढ्न खोजे आन्दोलन थप कडा हुँदै जाने चेतावनी दिएका छन् ।
स्थानीय तह कर्मचारी संघ नवलपरासी बर्दघाट सुस्ता पूर्वका अध्यक्ष अविनाश पन्थीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पन्थीले सरकारले निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीबीच सरकारले विभेद गरेको आरोप लगाए ।
उनले सरकारले स्थानीय र निजामतिलाई सालोडोलो एउटै डोकोमा हालेर व्यवहार गर्नु दुर्भाग्य भएको बताए । उनले एउटै डोकोमा हाले निजामतिलाई एक तह बढुवा गरे झै एक तह बढुवा गर्नु पर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा नवलपुर क्षेत्रका स्थानीय तहका कर्मचारीहरु सहभागि थिए ।
उनीहरु पौष २ गते सोमबारदेखि ११ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । जस अनुसार पौष २ गते सांकेतिक विरोध स्वरुप स्थानीय तहमा कामकाज बन्दी गरी कार्यालय परिषरमै धर्ना दिने, पौष ३ गते विहान १० बजेदेखि १२ बजेसम्म सबै स्थानीय तहका कार्यलयहरुमा कालोपट्टी बाँधी कामकाज ठप्प गर्ने जनाएका छन् ।
त्यसैगरी पौष ४ गते विहान १० बजेदेखि २ बजेसम्म, पौष ५ गते दिउँसो ३ बजेसम्म कालोपट्टी बाँधी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्यसैगरी ६ गतेदेखि १० गतेसम्म दिनभर कामअवरुद्ध पार्ने जनाएका छन् ।