भारतमा अलपत्र परेका गैंडा मध्ये एउटालाई निकुञ्ज फर्काउने तयारी


नारायण भण्डारी
नवलपरासी १ पुस ।





गत बर्षको बाढिमा बगेर भारतिय भुमीमा पुगेका ३ वटा गैडा मध्ये एउटा गैंडालाई चितवन राष्ट्रिय निकुञ्जमा लैजाने तयारी गरिएको छ । शनिवार गैंडा नेपाल तर्फ नजिकै रहेको थाहा पाएपछि सुस्ताका स्थानियहरुले खेदेर उखुबारीमा ल्याउन सफल भएका थिए  । गैडालाई शसस्त्र प्रहरीले सुरक्षा दिएर राखेको थियो ।




चितवन राष्ट्रिय निकुञ्जका वार्डेन बेदप्रसाद ढकाल सहितको टोली सुस्ता पुगिसकेकोले अहिले गैंडालाई वेहोस बनाउने सुई हानेर डुङ्गा मार्फत नारायणी पार गराए गाडिमा राखी निकुञ्ज लैजाने तयारी गरिएको सुस्ताका स्थानिय मनसी हरिजनले बताएका छन् । 

वांकी २ वटा गैंडा अहिले पनि विहारको सिर्सिया जंगलमा रहेका छन् । भारतिय वन कर्मचारीहरुले भने केन्द्रको अनुमति विना गैंडा लैजान नमिल्ने बताउदै आएका छन् ।




सम्बन्धित
Loading...