चितवनको सबै बाटो कालो पत्रे हुन्छः प्रचण्ड


चितवन, १ पुस । 




नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको सबै बाटो कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन् ।
आइतबार भरतपुर महानगरपालिका २१ को भानु माध्यमिक विद्यालयमा आयोजित महायज्ञमा पुगेका प्रचण्डले ढिलोछिटो चितवनका सबै बाटो पिच कालोपत्रे गर्ने बताएका हुन ।
उनले भने – ‘त्यतिमात्र होइन रिङरोड पनि बन्छ, तटबन्ध सहितको रिङरोड बनाउन डीपीआर बनाउन पैसा छुट्याउने प्रक्रिया अघि बढिसकेको छ । थुप्रै बाटोका लागि रकम राख्दै गएको तपाईहरुले पाइहाल्नुभएको छ । तपाईंहरुले टेन्सन लिनुपर्दैन ।”
प्रचण्डले विकास निर्माणका रकम सदुपयोग भएको वा नभएकोबारे अनुगमन गर्न भने चितवनबासीलाई आग्रह गरे ।
निर्वाचित भएपछि आफू धेरै चितवन आइरहेको देखेर काठमाडौंमा चर्चा हुने गरेको पनि प्रचण्डले बताए ।







सम्बन्धित
Loading...