प्रथम नवलपरासी प्रिमियर लिगः फाइलनमा परासी वारियर्स र बडेरा किंग्स





परासी, १ पुस । पश्चिम नवलपरासीको भुमहीमा जारी प्रथम नवलपरासी प्रिमियर लिग (एनपिएल) को उपाधीका लागि परासी वारियर्स र बडेरा किंग्स बीच प्रतिस्पर्धा हुने भएको छ ।
नवलपरासी क्रिकेट संघको आयोजनामा भएको आइतबारको सेमिफाइनल खेलमा परासीले त्रिवेणी च्यालेन्जर्सलाई ७ विकेटले पराजीत गरेको हो ।
शहीद स्मृती रगंशालामा टस जितेर पहिले व्याटिङ गरेको त्रिवेणीले १२.४ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो ।
त्रिवेणीका लागि पशुपति जिसीले २० रन बनाउनु बाहेक अरु खेलाडिले दोहोरो अङ्क बनाउन सकेनन् । बलिङतर्फ म्यान अफ द म्याच समेत बनेका परासीका धर्मेन्द्र साहानीले ६ तथा विवेक शर्माले ३ विकेट लिए ।
जितका लागि ५३ रनको सामान्य लक्ष्य पछ्याएको परासीले ८.३ ओभरमा ३ विकेटको क्षतीमा पुरा ग¥यो । परासीका लागि रोशन साहानीले २०, दिलिप कुर्मीले १६ तथा सुरज कुमार रौनियारले ३ बलमा १५ रनको विष्फोटक व्याटिङ गर्दै टिमलाई जित दिलाएका हुन् । बलिङतर्फ त्रिवेणीका विजय साहानीले २ विकेट लिए ।
पश्चिम नवलपरासीको विभिन्न स्थानको नाममा ६ टिमको सहभागिता रहेको लिगमा बडेरा किंग्स भने यस अघि नै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल यही पुस ७ गते शनिबार हुने आयोजकका विकाश घिमिरेले जानकारी दिए ।




सम्बन्धित
Loading...