२१ करोडको कोल्हुवा खानेपानी; ४ हजार २ सय घर धुरीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने

67







शोभा जिसी .  
कोल्हुवा ।

 मध्यविन्दु नगरपालिकाको कोल्हुवामा साढे २१ करोड बढीको लागतमा कोल्हुवा खानेपानी आयोजना निर्माण भईरहेको छ ।
कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना अन्तरगत ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी टंकी निर्माणको यसै साता शिल्यान्यास पनि गरेको छ। कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्रीधर शर्माका अनुसार खानेपानी आयोजनाले अहिलेसम्म सोझै बोरि·बाट ४ सय ६३ घरमा धारा वितरण गरिसकेको छ ।
बैशाखबाट मध्यविन्दु २ को कोल्हुवा र चनौली, मध्यविन्दु ३ को चौराहा बजारमा धारा वितरण गरेको छ भने केही दिनमा मध्यविन्दु ३ को इटौरा र बगैंचा लगायतका क्षेत्रमा पनि धारा वितरण गर्ने जनाएको छ।


नेपाल सरकारको उच्च खानेपानी प्रविधिको १८ करोड र २० प्रतिशत जनसहभागिता अर्थात ३ करोड ६० लाखको जनसहभागिता सहित कम्तिमा २१ करोड ६० लाखको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न हुने अध्यक्ष शर्माले बताए ।
४ हजार २ सय घर धुरीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले निर्माण चलिरहेको यस आयोजनामा मध्यविन्दु २ हात्तीसारबाट पानी लगिएको छ।
अहिले बाँकी क्षेत्रमा पाइपलाइन विस्तार, टंकी निर्माण लगायतका कार्यहरु भईरहेका छन् ।
यस अघि इनार, चापगलबाट पानी पिउन बाध्य भएका यहाँ बासिन्दाहरुले चापगलबाट पानी पिउँदा दुषित पानी पिउनु परेको गुनासो गर्ने गर्दथे।
मध्यविन्दु नगरपालिका १, २ र ३ गरी ३ वटा वडालाई लक्षित गरी सञ्चालन गरिएको यो आयोजना एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

You might also like
Loading...