राशिफल २०७५ साल पुस ३ गते


तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८





 २०७५ साल पुस ३ गते




मेष लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ।

वृष पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ।

मिथुन विभिन्न अवसरले पछ्याउनेछन्। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।

कर्कट तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

सिंह मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कन्या स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

तुला विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। अतिथिको आगमनले दिन खर्चिलो बन्न सक्छ।

वृश्चिक घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सोखले खर्च बढाए पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।

धनु लगनशीलताले नयाँ काम गर्ने अवसर पनि दिलाउनेछ। सुन्दर पहिरन वा अन्य विशेष उपहार प्राप्त हुन सक्छ।

मकर अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्।

कुम्भ पछिका लागि लगानी गर्ने समय छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मीन विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।




सम्बन्धित
Loading...