पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन

74







काठमाडौ । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ । निजी निवास बूढानीलकण्ठ भिल्लामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित गिरी केही दिन अघि अस्पतालवाट घर लगिएको थियो ।
नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै काम गरेको भए पनि २०१७ सालको कदममा राजा महेन्द्रलाई उनले साथ दिएका थिए । कांग्रेस छाडेर राजावादी बनेका उनले राजा महेन्द्र र ज्ञानेन्द्रसँग नजिक रहेर काम गरेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९को कदम चालेपछि बनाएका दुई उपाध्यक्ष मध्ये डा. गिरी थिए र कीर्किनिधी बिष्ट थिए ।
६१ सालमा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए डा. तुलसी गिरी । ०३७ सालपछि नेपाली राजनितीमा विभिन्न उतार चढाब आए पनि डा. गिरी चर्चामा थिएनन् ।
राजा विरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गरेपछि असहमति जनाउदै श्रीलंका लागेका थिए गिरी ।
सिरहाको खान्दानी परिवारमा जन्मेका गिरी सबै भन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति हुन् ।
२०१७ सालमा तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्त गरेपछि बिपी कोईरालालाई हटाएर गिरीलाई प्रधानमन्त्री बनाएका थिए । जतिबेला ३४ वर्षका थिए । त्यसको चार वर्षपछि २०२१ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री भए ।
२०१२ सालमा कांग्रेस कार्यसमितिमा महामन्त्री भएका गिरी बीपी कोईरालाले नेतृत्व गरेको पहिलो जननिर्बाचित सरकारमा मन्त्री थिए ।
पछिल्लो समय नेपालमै बस्दै आएका गिरी कलेजो सम्बन्धि रोगवाट पिडित थिए । ९३ वर्षको उमेरमा बुढानीलकण्ठ स्थित सिद्धार्थ कोलोनीमा रहेको निवासमा मंगलवार बिहान निधन भयो ।

You might also like
Loading...