रुपन्देहीका १ लाख ६३ हजार घरमा चर्पी, भोलि खुला दिसामुक्त घोषणा








५ पुस, बुटवल । रुपन्देही जिल्लाका १ लाख ६३ हजार ८ सय ६३ घरधुरीमा शौचालय निर्माण भएसँगै ११ वर्षअघि सुरु भएको अभियानले पूर्णता पाउने भएको छ । जिल्लालाई शुक्रबार एक समारोहका बीच खुला दिसामुक्त घोषणा गरिदैछ ।

२०६४ सालमा अभियान थालेपछि ९० हजार १ सय ९ वटा घरमा शौचालय बनाइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्राबिधिक ईश्वरी प्रसाद आचार्यले जानकारी दिए 

‘अभियानले सार्थकता पाउदैछ,हामी सबैले यस्मा योगदान गर्नुपर्छ,कार्यान्वयन अझै महत्वपूर्ण कुरा हो’ उनले भने ।

रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारीको अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितीको रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जानकारी दिए ।

लुम्बिनीमा एक कार्यक्रम आयोजना गरी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नेछन् ।

विश्वकर्माले जिल्लाका सबै स्थानीय सरकारलाई सरसफाइमा पूर्ण बनाउनु जरुरी रहेको उल्लेख गर्दै त्यसका लागी समन्वय समितिले पहल गरिरहेको बताए ।

प्रदेश ५ का जिल्लाहरुमा प्युठान पहिलो पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।

रुपन्देही देशका ७७ जिल्लामा खुल्ला दिसामुक्त हुने ६१ औं जिल्ला हो ।

रुपन्देहीमा ०६४ सालदेखि सरसफाइ अभियान चले पनि पहिलो पटक ०६७ माघ १५ मा साविकको शंकरनगर गाविस खुल्ला दिसामुक्त क्षेत्र भएको थियो भने सबैभन्दा पछि ०७४ चैत्र १९ मा लुम्बिनी साँस्कृतिक नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको थियो ।

एक घर एक चर्पी योजना अनुसार जिल्लामा सबै घुरधुरीले शौचालय बनाएको पश्चिमाञ्चल ग्रामीण खाने पानी सरसफाइ डिभिजन कार्यालयका विपिन पौडेलको भनाइ छ ।




सम्बन्धित
Loading...