दाङमा ट्रेक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

85







दाङ, पुस ५ ।

दाङमा गएराति भएको भएको ट्रेक्टर दुर्घटनामा परि एकको मृत्यु भएको छ । दुर्घटनामा परि बर्दिया जिल्लाको घेरुवा गाउँपालिका वडा नं. –५ निवासी १६ वर्षीय सन्तलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनी ट्रेक्टरका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ त ९७०७ न.ं को ट्रेक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । गएराति पौने एकबजेतिर उक्त ट्रेक्टर घोराही उपमहानगरपालिका वडा नं. –३ को चौपट्टामा दुर्घटना परी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा रातको २ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

You might also like
Loading...