इच्छुक प्राविधिक शिक्षालयको बस दुर्घटना, १६ जनाको घटनास्थलमै मृत्यु

99







दाङ, ६ पुस । दाङको राम्रीमा शुक्रबार बेलुका प्राविधिक शिक्षलयको बस दुर्घटना हुँदा शिक्षक विद्याथीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
कृष्ण सेन इच्छुक पोलिटेक्निक इन्स्टिच्युटको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेट जाँदा तुलसीपुर–कपुरकोट सडक खण्डको राम्री भन्ने ठाउँमा दुर्घटना भएको हो ।
बस सडकबाट सडकबाट झण्डै सात सय मिटर तल खसेर दुर्घटना भएको छ । सल्यानको शैक्षिक भ्रमण गरी फर्किँदै गरेको बस दाङको तुल्सीपुर उपमहानगरपालिका ३ को राम्री भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा ३ महिला र १३ पुरुष गरी १६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते १० जनाको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

You might also like
Loading...