रबी ओड भए दोस्रो नेपाल आइडल





काठमाडौं, ६ पुस । सुदूरपश्चिमका युवा रब ओड दोस्रो नेपाल आइडल घोषित भएका छन् । सैयौं प्रतियोगीलाई पछि पार्दैै ओड नेपाल आइडल बन्न सफल भएका हुन् ।

ललितपुरमा शुक्रबार भएको ग्राण्ड फिनालीबाट ओडलाई आइडल घोषित गरिएको हो । ओडले ओडले होण्डा डब्लुआरबीको तर्फबाट कार तथा २२ लाखको चेक र गोल्डेन ट्रफी हात पारे ।

फाइनलमा पुगेका पोखराका विक्रम बराल फस्ट रनर अप घोषित भएका । बरालले २० लाखको चेक पाउनुका साथै विश्व भ्रमण गर्ने अवसर पाएका छन् ।

यस्तै, फाइनलसम्म पुग्न सफल भएका सुमित पाठक सेकेण्ड रनर अप र अस्मिता अधिकारी थर्ड रनर अप घोषित भए । पाठकले१२ लाख बराबरको चेक प्राप्त गरे ।

विजेताहरुलाई एसएमस भोटिङ माध्यामबाट छनोट गरिएको आयोजकले जनाएको छ । एपीवान टेलिभिजनले आयोजना गरेको यो प्रतियोगिताबाट पहिलो नेपाल आइडल बुद्ध लामा घोषित भएका थिए ।

यो पनि पढ्नुस्
को बन्ला दोस्रो नेपाल आइडल





सम्बन्धित
Loading...