पहिलो पटक कावासोतीमा शेयर लगानी सम्बन्धी प्रशिक्षण कार्यक्रम


बिजय चालिसे ।




मङ्सिर, ०७, कावासोती ।




शेयर लगानी सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम पहिलो पटक कावासोतिमा सम्पन्न भएको छ । भिजन सेक्युरिटीज प्रालिको आयोजना एवं रोटरी क्लब अफ कावासोती, लायन्स क्लब अफ कावासोती, नेपाल इन्स्योरेन्स कम्पनी सोसाइटी र मध्यबिन्दु सहकारी सस्थाको सहयोगमा शेयर लगानी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लब अफ कावासोतिका अध्यक्ष भरत शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नवलपुर उधोग बाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेल रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले नयाँ जिल्लामा यस्ता खालका प्रशिक्षण कार्यक्रमले शेयर बजारमा लगानी गर्न नयाँ शेयरदाताहरुलाई थप मद्धत पुग्ने बताउनुभयो । उहाले एक दिने प्रशिक्षण कार्यक्रमबाट भरपुर फाईदा लिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।

प्रशिक्षक एवं भिजन सेक्युरिटीज प्रालिका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र शेयर द्दद्धठ कम्पनिका कार्यकारी अधिकृत राजन तिवारीले प्रशिक्षण दिनुभएको थियो । सहभागिहरुलाई शेयर बजार र यसका प्रकार, शेयर बजारमा कसरी प्रवेश गर्ने, अनलाइन प्रबिधिबाट कसरी शेयर कारोबार गर्ने, शेयर खरिदबिक्री गर्दा ध्यान दिनुपर्ने कुराहरुलगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षण कार्यक्रममा पुरानो शेयर लगानिकर्ता लक्ष्मी प्रसाद वस्ती, कालिगण्डकी फाउन्डेसन कावासोतिका डाईरेक्टर छबिलाल थापा, नवलपुर बहुमुखी क्याम्पसका प्रमुख अर्जुन रिजाल, विभिन्न बित्तीय सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधि, कावासोतिका उधोगी, व्यापारी एवं ब्यबसायीसहित विभिन्न संघ सस्थाका १ सय भन्दा बढीको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...