मध्यविन्दु नगरपालिकामा मृत चितुवा फेला


नवलपरासी, ७ पुस । 





नवलपुरको मध्यबिन्दु नगरपालीका १५ गडार खोला स्थीत छाहारी सामुदायिक बन उपभोक्ता समुहको क्षेत्रमा पाटे चितुवा मृत अबस्थामा फेला परेको छ ।
शनिवार दिउसो साढे १२ बजेको समयमा पाटे चितुवालाई मृत अबस्थामा प्रहरीले फेला पारेका थिए ।
मृत फेला परेको चितुवालाई सब डिभीजन बन कार्यालय भाग्रा रानिटारका प्रमुख गणेशचन्द्र देबकोटालाई हस्तान्तरण गरिएको चोरमारा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरबाहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रहरी भण्डारीकाअनुसार चितुवा बिरामी भइ मरेको अनुमान गरिएको छ ।







सम्बन्धित
Loading...