तिन बर्षपछि फरार अपराधी पक्राउ

52







हुमाकान्त पोखरेल
०८ पौष, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ‘फैसला कार्यान्वय अभियान’ कार्यक्रमलाई सक्रिय बनाएको छ । जसअन्तरगत उसले जिल्लाको मुसिकोट नगरपालिकाबाट फरार अपराधि पक्राउ गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ७ बस्ने ‘गुन्टे’ भनेर चिनिने ३३ बर्षिया राजबहादुर कुमाललाई पक्राउ गरेको हो । उनलाई जबरजस्तिकरणीको मुद्धामा २०७२ सात जेठ ७ गते आठ बर्षको कैद फैसला भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रविन्द्र खड्काले जानकारी दिए । उनलाई स्थानीय एक महिलालाई जबरजस्तिकरणी गरेको आरोप लागेको छ । आइतबार नै उनलाई जिल्ला कारागार गुल्मी पठाइएको खड्काले बताए । वामिमै घुमफिर गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । यो आर्थिक बर्षमा जिल्ला प्रहरीले ६ जना फरार अफराधि पक्राउ गरिसकेको छ ।

You might also like
Loading...