पश्चिम नवलपरासीमा आगलागीबाट २ गोरु सहित ५० हजार बराबरको धनमाल जलेर नष्ट

38







प्रतापपुर, ८ पुस । 

पश्चिम नवलपरासीको रतनपुरामा आगलागी हुदा २ गोरु सहित ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार राति करिब १२ बजेको समयमा जिल्लाको प्रतापपुर गाउपालिका वडा नम्बर ७ रतनपुरा बस्ने बर्ष ५० को जयकृश यादवको गोठमा आगलागी भएको हो ।
गोठमा रहेको फोहोर जलाउने क्रममा आगलागी भएको र उक्त आगलागीबाट गोठमा बाधिएका दुई वटा गोरु सहित अन्य समानहरु जलेर ५० हजारको बराबरको क्षती हुन पुगेको ईलाका प्रहरी कार्यालय बेलाटारी पश्चिम नवलपरासीले दिएको जानकारी दिएको छ ।
उक्त आगो आफ्नो परिवार र स्थानियबासीको प्रयासमा नियन्त्रणमा आएको पिडित यादवले जानकारी दिए ।

You might also like
Loading...