होङ्सी सिमेन्ट सहित तीन उद्योगको सिमेन्ट गुणस्तरहिन





नवलपरासी। नेपालकै ठूलो उद्योग नवलपरासीको सर्दीमा रहेको होङ्सी सिमेन्ट सहित तीन ठूला उद्योगले उत्पादन गरेका सिमेन्ट गुणस्तरहिन भएको पाइएको छ ।
होङ्सी सिमेन्ट सहित तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको हो।
गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा) बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको हो ।
अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी देखिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तर मानिँदैन ।
विभागले म्याग्नेसियम बढी भएका सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचारसमेत गरेको छ ।
कम म्याग्नेसियम उत्यादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने विभागले जनाएको छ ।




सम्बन्धित
Loading...