राशिफल २०७५ साल पुस ०९ गते





मेष: बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।

वृष:मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ।




मिथुन: प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ।

कर्कट: धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ।

सिंह: शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ।

कन्या: प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

तुला: सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृश्चिक: शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।

धनु:  लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।

मकर:  तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।

कुम्भ: थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

मीन:  प्रतीक्षित नतिजाले काममा उत्साह जगाउनेछ तर काममा लगानी बढाउनुपर्ला।




सम्बन्धित
Loading...