साढे ३ बर्ष कैद तोकिएका व्यक्ति ३ बर्षपछि पक्राउ

116

दाङ, ९ पुस।

अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै ३ बर्ष अगाडि ३ बर्ष जेल सजाय तोकेका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुर उपमहागनरपालिका –७ निबासी पप्पु भन्ने पट्टु नेपालीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७२ भदौ २१ गते ३ बर्ष ५ महिना २१ दिनको कैद र ३० हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो । त्यस लगतै उनी फरार रहँदै आएका थिएय ।
तर नेपाली पछिल्लो समय लुकिछछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा अन्धान गर्दा प्रहरीले उनलाई घरवाटै पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए । कृष्णप्रशाद अधिकारीले २०६७ साल भदौ १० गते दिएको जाहेरीको आधारमा जिल्ला अदालतले त्यसको ६ बर्षपछि नेपालीलाई जवरजस्ती चोरी मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको थियो । पक्राउ परेका नेपालीलाई कैद भुक्तानका लागि तुलसीपुर स्थित कारागार चलान गरिएको छ ।

You might also like
Loading...