आदिकवि जीतबहादुर सिंजाली मगरको मृत्यु





सनु थापा
९ पुष बुटवल । कपिलबस्तुमा टिप्परले ठक्कर दिंदा ८७ वर्षीय मगर आदिकवी जीत बहादुर सिंजाली मगरको घटनास्थलमै मृत्यु भएको छ । आइतबार पूर्वबाट पश्चिम जाँदै गरेको लु १ क ५४९५ नम्बरको टिप्परले दिउँसो कपिलबस्तु चन्दौटामा ठक्कर दिंदा आदिकवी सिंजालीको घटनास्थलमै मृत्यु भएको चन्दौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । प्रहरीका अनुसार बाटो काट्ने क्रममा उहाँलाई टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने चालक र टिप्पर प्रहरी नियन्त्रणमा रहेको छ । जीत बहादुर सिंजाली मगर प्रतिष्ठान काठमाडौं का अध्यक्ष सञ्जोग लाफा मगरले घटना अत्यन्त दुःखद भएको बताउँदै चालकको लापरवाहीका कारण घटना घटेको बताउनु भएको छ । पीडक पक्षसंग घटना र उचित क्षतिपुर्तीको विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ ।
वि.स. १९८८ जेठ १८ गते जन्मिनुभएका मगर आदिकवी जीतबहादुर सिंजालीले मगर भाषाको साहित्यमा ठूलो योगदान पु¥याउनु भएको छ । उहाँले मगर भाषाको साहित्यलाई फराकिलो पार्न कथा, कविता र विभिन्न लेख, रचनाको माध्यमबाट पु¥याएको योगदानलाई कदर गर्दै मगर संघले मगर आदिकवीको उपाधी दिएको हो । उहाँको सडक दुर्घटनामा मृत्यु भएको खबरले सिंगो समाजलाई स्तब्ध बनाएको मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर वीकरकट्टा मगरले प्रतिक्रिया दिनुभएको छ । उहाँको पार्थिव शरिरलाई जीत बहादुर सिंजाली मगर प्रतिष्ठान र नेपाल मगरसंघ रुपन्देहीको अगुवाइमा सम्मानका साथ अन्त्यन्ती गर्ने तयारी भइरहेको बताउनु भएको छ । पीडकपक्षसंग भइरहेको छलफल टुङ्गिएमा आजै उहाँको अन्त्यस्टी गरिने विरकट्टाले जानकारी दिनुभयो । स्व. कविको पार्थिव शरीर बुटवल ल्याउने तयारी भइरहेको बताउँदै नेपाल मगर संघ जिल्ला समितिको कार्यालय बुटवल–११ मझुवा देविनगरमा आज सोमबार करिब तीन बजेतीर श्रद्धाञ्जलीका राखिने र बृहत जनसहभागितामा नगरपरिक्रमा गरि बुद्ध संस्कार अनुसार अन्त्यस्टी गरिने मगर संघले जनाएको छ । अहिले उहाँको पार्थिव शरीरलाई कपिलबस्तुको बहादुरगञ्ज अस्पतालमा राखिएको छ । उहाँको सडक दुर्घटनामा परि भएको निधनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देही, नेपाल मगर पत्रकार संघ रुपन्देही, मगर युवा संघ लगायत मगर संघका विभिन्न संघसंगठनहरुले दुःख व्यक्त गरेका छन् ।




सम्बन्धित
Loading...