सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुले अनसन तोडे

44







९ पुस, काठमाडौं । सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुहरुले अनशन फिर्ता लिएका छन् । गृहमन्त्रालयमा समेबार भएको वार्तामा घाइते र अपांग पूर्वलडाकुको उपचार सरकारले निशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरुले अनशन तोडेका हुन् ।

गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरुको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगर्ला तत्काल उपचारका लागि पहल गर्ने, घाइते, अपांगहरुको अनशन र उपचारको क्रममा भएको खर्चको विल सरकारले ब्यहोर्ने, थुनामा रहेका युवराज विकलाई रिहा गर्ने सहमति भएको छ ।

You might also like
Loading...