वसको ठक्करबाट स्कुटी चालकको मृत्यु

124












प्रेमचन्द रौनियार 



नवलपरासी, ९ पुस । 
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ हषर्पुरमा सोमबार वेलुका पौने ८ वजे वसको ठक्करवाट स्कुटी चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा गैंडाकोट १२ वस्ने स्कुटी चालक ४५ वर्षीया कमला भण्डारी रहेकी छिन् ।
पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८६७७ नम्बरको वसले सोही दिशातर्फ जाँदै गरेकोे ना ५६ प ६५७३ नम्बर को स्कुटीलाई ठक्कर दिदाँ उनको मृत्युु भएको हो ।
घटनाको विरोधमा स्थानीयहरुले मृतकका परिवारलाई क्षतिपुर्ति र दोषीलाई कार्वा्हिको मागँ गर्दै १ घन्टासम्म वाटो अवरुध पारेका थिए ।
वस र वस चालकलाई प्रहरी नियन्त्रणमा रहेको छ ।



You might also like
Loading...