राशिफल २०७५ साल पुस १० गते

मेष: सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।
वृष: लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।
मिथुन: आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।
कर्कट: आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।
सिंह: बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। कामले धेरैलाई आकर्षण गर्ने समय छ।
कन्या: प्रशंसकहरू बढ्नेछन् ।नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
तुला: मिहिनेतले नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ।
वृश्चिक: बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।
धनु: आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। टाढाका साथीभाइले काममा साथ दिनेछन्।
मकर: आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझतिर हुने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
कुम्भ: आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
मीन: आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ।