गल्ती स्वीकार्दै भारतले भत्कायो दशगजाको सडक





१० पुस, विराटनगर । मोरङको दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काउन थालिएको छ । नेपाली पक्षले दशगजा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले मंगलबार विहानबाट सडक भत्काउन थालेको हो ।

मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा भारतले सडक निर्माण सुरु गरेको थियो । दशगजा मिचेर निर्माण सुरु गरेको सडक स्थानीय प्रशनसनले रोकेपछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिए ।




भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न दशगजा मिचेर सडक निर्माण सुरु गरेको थियो । दशगजामा सडक निर्माण भएको जानकारी पाएलगत्तै भत्काउन लगाइएको थापाले बताए ।

थापाका अनुसार दशगजा मिचेर करिब ३ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । ‘हामीले भारतीय पक्षसँग कुरा गरेर भत्काउन भनेका छौं’ थापाले भने ‘राति ९ बजेसम्म लगाएर भए पनि खनेको सडक पुर्न भनेका छौं ।’ भारतीय सीमा सुरक्षा बल एसएसबीस“ग समन्वय गरी विहान ९ बजेदेखि सडक भत्काउने काम भएको उनले बताए ।

ठेकेदारले निर्माण गर्नुपर्ने स्थान भन्दा ३५ मिटर उत्तर दशगजामा सडक खनेको थियो । भारतीय एसएसपीस“गको समन्वयमा गर्दा उनीहरुले गल्ती स्वीकार गरेको थापाले बताए ।

भारतीय बिहारका विधायक मनचन केशरीको विधायक फण्डबाट उक्त सडक निर्माणसुरु गरिएको थियो । दशगजामा रहेको १७४÷२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।

आइतबार जानकारीमा आउनेबित्तिकै सडक निर्माण रोकिएको बताउदै सशत्र प्रहरी उपरीक्षक थापाले मंगलबारबाट खनिएको सडक भत्काउन लगाएको जानकारी दिए । दशगजामा २५ फिट लम्बाइको सडकमा ३ फिट अग्लो सडक निर्माण गरेको थियो ।




सम्बन्धित
Loading...