शैक्षिक बिकासका लागी गलत नियतले गरिने राजनीति र धर्म अभिशाप साबित

108







प्रेमध्वज गाहा 
कावासोती ११ पौष ।

पुर्ब मन्त्री मालबर सिंह थापाले शैक्षिक बिकासका लागी गलत नियतले गरिने राजनीति र धर्म अभिशाप साबित हुने बताउनुभएको छ ।

पुर्बी नवलपरासीको कावासोती ४ स्थित कुमारी नीजी शैक्षिक गुठिको पन्ध्रौं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई मंगलबार सम्बोधन गर्नुहुंदै थापाले त्यस्तो बताउनुभएको हो । वहाँले मानिस चेतनशील प्राणी भएकै कारण विभिन्न खोज आबिष्कार गर्न सफल भएका तर आपसमा मिलेर बस्न कहिल्यै नसिकेको बताउनुभयो ।

“बिश्व इतिहासमा मानिसहरू दुइ कारणले आपसमा द्वन्द गर्छन , ती हुन धर्म र राजनीति । यी दुइ कुरा शैक्षिक बिकासका लागी पनि बाधक हुन्छन ।” वहाँले भन्नुभयो । धर्म र राजनीति बिद्यालयमा छिरेमा बिद्यालयको बिकास ठप्प हुने वहांको तर्क थियो ।

वहाँले धर्म र राजनीतिलाई बिद्यालय परिसर बाहिर राखेर पठनपाठन गर्न शिक्षकहरुलाई आग्रह समेत गर्नुभयो । त्यस्तै फरक प्रसंगमा वहाँले कुमारी ट्रष्टले समुदायमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा समेत गर्नुभयो । गुठिका संस्थापक टेरेसा भान रेज्वाइकको प्रशंसा गर्नुहुंदै वहांले भन्नुभयो “नेपालका गरिब असहाय बालबालिकाको शैक्षिक भबिष्यका लागी वहांको योगदान प्रती यस क्षेत्रका समुदाय मात्र होइन , नेपाल नै वहांप्रती कृतज्ञ हुनुपर्छ ।”
” तर वहाँलाई सहयोग गर्नुको सट्टा उल्टो दुरुत्साहित गर्ने प्रवृत्ति पनि भएको सुन्दा दुख लाग्यो ।” वहांले भन्नुभयो । शिक्षा र चेतनाले पछि परेका समुदायको सशक्तीकरणका लागी रेज्वाइकले आफ्नो जीबन नै खर्चिनुभएको उल्लेख गर्दै नेपालीहरुले उनिबाट पाठ सिक्नुपर्ने वहाँको भनाई थियो ।

गुठिका अध्यक्ष नर बहादुर ठाडाको अध्यक्षता रहेको कार्यक्रममा पुर्ब मन्त्री मालबर सिंह थापा प्रमुख अतिथी रहनुभएको थियो । अध्यक्ष ठाडाले कार्यक्रममा बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने योजना तथा लेखा प्रमुख दिपकलाल श्रेष्ठले आर्थिक बर्ष ०७४ , ०७५ को कुल दुइ करोड उनन्चास लाख रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा मगर , थारु समुदायको सांस्कृतिक नृत्यहरु प्रदर्षन समेत गरिएको थियो ।

You might also like
Loading...