सिमामा भारतीय सुरक्षाकर्मीबाट नेपाली मजदुर कुटिए

98







रामकुमार श्रेष्ठ /
नवलपरासी, ११ पौष । 

नेपाली भूमि बाल्मिकी आश्रममा भक्तजनलाई लैजाने क्रममा नेपाली ट्याम्पो चालकलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका छन् ।
मंगलबार साँझ चितवनको माडी नगरपालिका भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जमा रहेको बाल्मिकी आश्रममा भक्तजन छोड्न गएको समयमा ५ जना अटो चालकहरुलाई कुटपिट गरेका हुन् ।
निकुञ्जमा सुरक्षाका लागि खटेका भारतीय कर्मचारीहरुले मंगलबार साँझ ५ बजेको समयमा त्रिवेणी ब्यारेजबाट भारतको भैसालोटन हुँदै बाल्मिकी आश्रम जाने क्रममा ५ जना अटो चालकलाई विना कारण कुटपिट गरेको घाइते चालक वामदेव उपाध्यायले बताए ।
उनीहरुले रोहित लाफा, वामदेव उपाध्याय, सुबोद कुमार, पूर्णबहादुर क्षेत्री र माधव थापालाई कुटपिट गरेका हुन् ।
कुटपिटमा परेका अटो चालक र नेपाल र भारतका सीमा क्षेत्रका अटो चालकहरुले घटनाको विरोध गरेपछि कुटपिट गर्ने कर्मचारीले माफी मागेका छन् ।
धर्मशास्त्र अनुसार सीतालाई एक्लै जंगलमा छाड्दा सिताले आश्रय लिएको, लभकुश जन्म हुर्केको तथा बाल्मिकी ऋषिले तपस्या गरेको स्थान भनेर चिनिने बाल्मिकी आश्रम भएको क्षेत्र जाँन भारतीय बाटो प्रयोग गर्नु पर्ने अवस्था छ ।
भारतीय बाटो भएर जाँदा भारतीय सुरक्षाकर्मी र त्यहाँ निकुञ्जमा खटेको भारतीय कर्मचारीले बेलाबेलामा दुख दिने गरेका छन् ।
नवलपरासीको त्रिवेणीबाट डुंगामा नदी तरेर वा भारतीय बाटो भएर पैदल या सवारी साधनमा बाल्मिकी आश्रम जान मिल्दछ ।

You might also like
Loading...