पाकिस्तानी सेनाको आक्रमणमा परी दुई नेपालीको मृत्यु

37







काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा ९, तुलसीपुरका सुवेदारद्वय ४२ वर्षीय गमरबहादुर थापा र ३९ वर्षीय रमन थापा छन् ।

भारतीय सेनाका अनुसार, भारतको कुपवाडा जिल्लामा भएको पाकिस्तानको स्नाइपर आक्रमणमा उनीहरुको मृत्यु भएको हो । श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा उनीहरुको मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको दाबी गरेको छ ।

मृतक गमरबहादुर सन् १९९३ मा २/८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् । रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।

You might also like
Loading...