‘लिटिल बुद्ध’का कर्तुतहरु एकपछि अर्को सार्वजनिक

42








काठमाडौं, १३ पुस । बाराको रतनपुरी जंगलमा तपस्या बसेर बेलबेलामा विभिन्न चर्चा बटुलेका रामबहादुर बम्जनले तपस्वीको भेषमा गरेका कर्तुतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुँदै गइरहेको छ ।
लिटिल बुद्धको समेत उपमा दिइएका बम्जनले तपस्वीको साथमा बसेका यानीहरुलाई यौन दुब्र्यवहारजस्ता जघन्य अपराधहरु गरेको भन्दै पिडितहरुले कारबाहीको माग गरेका छन् ।
बम्जनले आफ्नो आश्रममा बस्ने महिलाहरुमाथि यौनशोषण गर्ने गरेको आरोप लागिरहँदा केही व्यक्तिहरु आश्रमबाटै उनले बेपत्ता बनाएको खुलासा भएको छ ।

‘तपस्वी’ बम्जनको आश्रममा बस्दै आएका मकवानपुरको हेटौंडा–१४ का सञ्चलाल वाइबा बम्जन, हेटौंडा रंगशालाकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ, बाराका सुरेश आलेमगर बेपत्ता रहेको भन्दै खोजी गरिदिन उनीहरुका परिवारले आग्रह गरेका छन् ।

उनीहरुमध्ये फूलमाया र कर्मा आनीकारुपमा बस्ने गरेको तथा सञ्चलाल वाइबा र सुरेश आलेमगर बम्जनको अनुयायीकारुपमा आश्रममा बस्ने गरेका थिए । उनीहरुका आफन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी खोजी गरिदिन सरकारसँग आग्रह गरे ।

बम्जनको आश्रमबाट बाहिरिएकी गंगामायाले आफूमाथि बम्जनले पटक–पटक बलात्कार गरेको भन्दै आश्रमभित्रको विकृति सार्वजनिक गरेपछि अन्य कर्तुहरु सार्वजनिक भएका हुन् ।

बेपत्ता परिवारजनले आफन्तको खोजी गरिदिन भन्दै मकवानपुर, नुवाकोट र बारा जिल्ला प्रहरीमा उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेको उनहरुको गुनासो थियो ।

You might also like
Loading...