गुरुङ समुदाय तमु ल्होसार मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा

75







काठमाडौं, १५ पुस। गुरुङ समुदायले हर्षोल्लासका ल्होसार पर्व मनाउँदैछन् । पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरी यो समुदायले पुस १५ मा ल्होसार मनाउँने गर्दछन् ।

तमु ल्होसारको अवसरमा यसअघि राष्ट्रिय विदा दिने गरिए पनि यो वर्ष विदा कटौती गरिएको छ । गुरुङ बाहुल्य रहेको गण्डकी प्रदेशमा भने आइतबार सार्वजनिक विदा दिइएको छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने मानिन्छ भने त्यसपछि मात्रै तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ह्याल्पो र ग्याल्मो ल्होसार मनाउने प्रचलन छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने भनेएकाले अन्य समुदायले पनि पुस १५ लाई महत्वपूर्ण दिनका रुपमा मान्ने गर्दछन् ।

You might also like
Loading...