बंगलादेशका आमनिर्वाचन हुँदै, सुरक्षामा ६ लाख सेना परिचालन





काठमाडौं, १५ पुस। बंगलादेशका आइतबार आमनिर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्ष संयन्त्र परिचालन भएको बीबीसीले जनाएको छ ।

बंगलादेशको यो ११ औं आम निर्वाचनको उच्च सतर्कता अपनाउँदै ६ लाख सुरक्षा परिचालन गरएको छ । निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुनेछन् ।

करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने बताइएको छ । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ ।




निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने विश्लेषण गरिएको छ । विपक्षी दलका नेता खालिदा बेगम जिया भ्रष्टाचारको आरोपमा जेल परेका हसिना वाजेदको पकड बलियो बनेको विश्लेषकहरुले बताएका छन् । मुश्लिम बाहुल्य रहेको हुँनाले बंगलादेशको यो निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

महिला नेतृ शेख हसिना र खालिदा बेगमको अगुवाईमा भएको जनआन्दोलनको बलमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहमद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना भएको थियो ।




सम्बन्धित
Loading...