८० हजार घुससहित दुई कर्मचारी पक्राउ


रुपन्देही १५ पुस।



८० हजार घुसहित दुई कर्मचारी पक्राउ परेका छन्। शुद्दोधन गाउँपालिकाको प्राविधिक शाखाका इन्जिनियर कपिल अर्याल र सब-इन्जिनियर लक्ष्मण ढुङ्गानालाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको हो।

उनीहरुले सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिएवापत विभिन्न बहाना बनाई घुस रकम माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालले जनाएका छन्। घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



सम्बन्धित
Loading...