पुसे पन्ध्रमा विशेष सांस्कृतिक कार्यक्रम

194












सालिकराम भट्टराई ।
कावासोती, १५ पुस ।।



नमुना युवा क्लब कावासोती ५ पश्चिमटोलाको आयोजनामा आइतबार कालिका मावि पश्चिम टोलमा पौष १५ विविध सास्कृतिक तथा खेलकुद कार्यक्रम भएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियारको बिशेष प्रस्तुती रहनुका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष सन्तबहादुर पुनको अध्यक्षता तथा कावासोती नगरपालिकाका उपप्रमुख पेमशंकर मर्दनीयाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कावासोती ५ का अध्यक्ष हरीप्रसाद बास्तोला, कालिका माविका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष महेन्द्रबहादुर थापा मगर, बुद्धीजीवि, समाजसेबी लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा पौष १२ गतेदेखि १५ गतेसम्म भएको खुल्ला पुरुष भलिबल प्रतियोगीता, ट्याक्टर रेस प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार प्रदान समेत गरिएको थियो ।
कार्यक्रमको सन्चालन रुम बहादुर गाहाले गरेका थिए ।
नमुना युवा क्लबले हरेक बर्ष पौष पन्ध्रका अवसरमा पौष पन्ध्र बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्ने गर्दछ ।



You might also like
Loading...