तमु ल्होसारमा नवलपुरमा विविध कार्यक्रम

146












प्रेमध्वज गाहा,
कावासोती, १५ पुस ।



गुरुङ समुदायले आइतबार तमु ल्होसार २६०२ मनाएका छन् । नयाँ बर्षका रुपमा मनाइने यो पर्ब यस बर्ष उनीहरुले खि ल्हो अर्थात कुकुर बर्ग बिदाइ गर्दै फो ल्हो अर्थात मृग वर्गलाई स्वागत गरेका छन् ।
चाइनिज ज्योतिषशास्त्र अनुसार हरेक बर्षलाइ एक बर्ग मान्ने गरिन्छ । जस अनुसार हरेक वर्गलाई एक बिशेष जनावरको नामबाट नामाकरण गर्ने गरिन्छ ।
वर्गको नामाकरण गर्दा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकुर, मृग र सुंगुरका नामबाट गर्ने गरिन्छ ।
यस बर्षको ल्होसार मनाउन गत शनिबार बेलुकादेखि शुरु गरिएको थियो । तमु समुदायले नजिकका गुम्बाहरुमा पुजा आजा गरी ल्होसार मनाएका हुन् । उनीहरुले शनिबार मध्यरात सम्म जाग्राम रही पुजाआजा गरी बिताएका थिए भने मध्यरातको १२ बजे नयाँ बर्षको स्वागत गरेका थिए । नयाँ बर्षको सुरुवात सँगै गुरुङ समुदायले एक अर्कामा नयाँ बर्षको शुभकामना आशिमाला आदानप्रदान गरेका थिए ।
ल्होसारको पहिलो दिन आइतबार भने उनीहरुले एक आपसमा भेटघाट खानपिन र नाचगान गरी मनाएका छन् । ,‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको तमु समुदायका अगुवाहरु बताउँछन् ।
यस पर्ब गुरुङ बाहुल्य रहेको नवलपरासी, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत गुरुङ समुदाय रहेका क्षेत्रमा देशै भर निकै नै हर्ष उल्लासका साथ मनाइएको छ ।
ल्होसारका अवसरमा गुरुङ समुदायले सार्बजनिक विदाको माग गरेता पनि सार्बजनिक भने भएन तर गुरुङ समुदायको उद्गम थलो गण्डक क्षेत्र गण्डकी प्रदेशमा भने विदा घोषणा गरिएको थियो ।
त्यसैगरी तमु समुदायको महान पर्व ल्होसार,पूर्वी नवलपरासीमा पनि धुमधाम र हर्ष उल्लासका साथ मनाइएको छ ।
यस अवसरमा जिल्लाका कावासोती, गैँडाकोट, पिठौली , दुम्कीबास लगायत बिभिन्न स्थानका गुम्बाहरुमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
कावासोतीको बरचुली गुम्बा पेमा साम्डुव गुम्बा , कोइलापानीको सेनचेन छोइलिङ गुम्बाहरुमा बिहानै गुरुङ समुदायका मानिसहरु मौलिक भेषभुषामा उपस्थित भएका थिए । उनीहरुले पुजाआजा गरी शुभकामना आदान प्रदान गरेका थिए ।
यसैबीच कावासोतीको पेमा साम्डुव गुम्बामा एक बिशेष कार्यक्रम भएको छ ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद कावासोती एकाइ समितिको आयोजनामा भएको कार्यक्रममा समितिका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षता रहेको थियो भने केन्द्रिय सदस्य दुर्गा बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा तमु ह्युल छोँज धी नवलपरासीका पुर्ब अध्यक्ष रुद्र बहादुर गुरुङ, बुद्धिबहादुर गुरुङ, तमुस्यो ह्युल छोँज धी गण्डकी प्रदेशकी इन्चार्ज पार्बती गुरुङ, अध्यक्ष जनकाशी गुरुङ, तमु ह्युल छोँज धी नवलपुरका बरिष्ठ उपाध्यक्ष जगतकाजी गुरुङ, नगर समितिका अध्यक्ष बिष्णु बहादुर गुरुङ , समाजसेबी कृष्ण बहादुर गुरुङ लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कावासोतीको बरचुली गुम्बामा पनि ल्होसारको अवसरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गोपी गुरुङको अध्यक्षता रहेको थियो भने , प्रतिनीधि सभाका सदस्य तिलक महत , गण्डकी प्रदेशका सभाषद रोशन बहादुर गाहा लगायत समाजसेबीहरुको आतिथ्यता रहेको थियो ।
यसैबीच पूर्वी नवलपरासीको कावासोती १ मा रहेको रिठ्ठेपानी बौद्ध बिहारमा आइतबार एक कार्यक्रमका बीच बौद्धमुर्तिको समुद्घाटन गरिएको छ ।
बिहार ब्यवस्थापन समितिका अध्यक्ष बल बहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्ध सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रामचन्द्र मोक्तान प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बौद्धमुर्ति सँगै धम्महल खानेपानीको टँकी, आदिको पनि उद्घाटन गरिएको छ ।
समुद्घाटन कार्यक्रममा मगर बौद्ध सेवा समाज गण्डकी प्रदेशका सदस्य जग बहादुर सोती , भिम बहादुर थापा , जिल्ला अध्यक्ष यम बहादुर मस्राङ्गी मगर , समाजसेबी नर बहादुर ठाडा मगर , लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुर्ति सौजन्य गर्ने जनमुक्ति आमा समुह ,शौचालय निर्माण सौजन्य गर्ने जनसेवा आमा समुह , खानेपानी टँकी निर्माण सौजन्य गर्ने श्यामलाल गाहा निरमाया गाहा तथा ट्रष्ट निर्माण सौजन्य गर्ने हस्त बहादुर पुलामीलाई बिशेष खादा ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो । यसैबीच गुम्बामा शान्ति पुजा समेत गरिएको थियो ।



You might also like
Loading...