साइन बैंकको वित्तीय सचेतना कार्यक्रम

189












बुटवल, १७ पुष ।



साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषि र कृषिमा किसानहरुको घट्दो आकर्षणमा राज्यद्वारा गरिएका व्यवस्थाहरुलाई मध्यनजर गर्दै वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरेको बैंकले जनाएको छ ।
बैंकले टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तिलोत्तमा–१४ बनकट्टीका कृषकहरुका बीच मंगलबार बैंकका नायब महाप्रवन्धक लोकराज पनेरु, सामान्य सेवा विभाग प्रमुख लालमणी पन्थीको उपस्थितिमा बनकट्टी शाखाका शाखा प्रवन्धक यज्ञ न्यौपानेको सञ्चालनमा गरेको हो ।
सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ज्ञान प्रसाद भुर्तेलले बैंकिङ पहुँच नपुकेको क्षेत्रमा शाखा स्थापना गरेर बैंकले किसानहरुका आर्थिक समस्यालाई समाधान गर्न अग्रसर रहेकोमा प्रशंसा गर्दै लगानी धेरै भएपनि जग्गा थोरै हुँदा सुविधा लिन कठिन भएको बताए ।
किसानहरुका समस्याहरु घण्टौं सम्म पनि छलफल गर्न सकिनेजति भएको बताउँदै भुर्तेलले राज्यको नीति राम्रो भएतापनि कार्यान्वयनको पक्ष धेरै जटिल भएको औल्याए ।
एक सय भन्दा बढी गाईभैसी पालेर दुग्ध उत्पादन गरिरहेपनि प्रक्रिया झन्झटिलो हुँदा अहिले सम्म सहुलियतमा कर्जा नलिएको बताउँदै चाहना भएपनि पछाडी परेका धेरै किसानहरु भएकोले त्यसतर्फ बैंक तथा वित्तीय संस्थाहरुको ध्यान पुग्न नसकेको गुनासो गरे ।



You might also like
Loading...