स्थानीयतहहरुले संयुक्त रुपमा गुरुयोजना बनाउन नसकेको आरोप

91







गोपी ज्ञवाली,
नवलपरासी, १७ पुस ।


पश्चिम नवलपरासीमा रहेका सात वटा स्थानीय तहले विकासका योजनाहरु संयुक्त रुपमा बनाउन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
जिल्ला केन्द्रीत संयुक्त पर्यटन सहितको गुरुयोजना नहुँदा पश्चिम नवलपरासीमा पर्यटन विकासले गति लिन सकेको छैन् । जिल्लामा रहेका सात वटा स्थानीय तहहरुले निर्वाचन पछि बनेका स्थानिय सरकारहरुले आ आफना पालिकाहरुमा आआफनो तरिकाबाट विभिन्न प्रकारका विकास निर्माणका कामहरु गर्न खोजेको र जिल्लालाई समेटने गरि संयुक्त योजना बनाउन नसेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । पालिका स्तरिय टुकरे योजनाहरुले गर्दा पश्चिम नवलपरासीमा संयुक्त रुपमा पर्यटनको गुरु योजना बन्न नसेको परासीमा भएको एउटा अन्तक्रियामा बोल्ने क्रममा बक्ताहरुले बताएको पर्यटन पत्रकार महासंघका नवलपरासी अध्यक्ष मोहन पौडेलले बताए ।
जिल्लामा रहेका प्रयाप्त सम्भावना बोकेका पर्यटन योजनाहरु संयुक्त कार्ययोजना आउन नसक्दा एवं स्थानिय तहहरु विचको समन्वयनको अभावमा जिल्लामा प्रदेश एवं केन्द्रबाट पर्ने बजटको समेत अभाव भएको बताईएको छ ।
नेपाल पर्यटन पत्रकार महासंघको आयोजनामा भएको एउटा अन्तक्रिया कार्यक्रममा सहभागिहरुले गुरुयोजना विना नै स्थानिय तहहरुले काम गर्ने गरेका कारण जिल्लामा पर्यटन लगाएता विभिन्न क्षेत्रमा बृहद प्रकारका योजनाहरु बन्न नसकेको बताएका छन ।
स्थानिय तहहरुमा मन्त्रालयबाट बजटको ठुलो रकम आउने गरेको भए पनि स्थानिय निकायहरुले संयुक्त रुपमा बृहद गुरुयोजना नबनाई किन नै साना साना कार्यक्रममा बजट खर्च गर्ने गरेका कारण जिल्लको समग्र विकासका लागि बृहद योजनाहरुको अभाव रहेको अन्तक्रियामा बोल्ने क्रममा उपभोक्ता अधिकार मंच नवलपरासीका अध्याक्ष रामजी ज्ञवालीले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश सांसद बैजनाथ जयसवालले पर्यटन पूर्वाधार, संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार, लगानीको वातावरण नहुँदा पर्यटनको प्रचुर सम्भावना भएर पनि नवलपरासी जिल्लाका पर्यटकीय स्थलमा लगानी हुन नसकेको बताउनुभयो । आफूले पटकपटक प्रदेश सभामा यस विषयमा कुरा उठाए पनि बजेट छुट्याउँदा विभेद हुने गरेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले स्थानीय तहले योजना बनाउन नसके जिल्ला समन्वयन समितीले समन्वय गरेर जिल्लाको गुरुयोजना बनाउने बताउनु भयो । स्थानीय तहले पर्यटन पूर्वाधारका लागि कति लगानी गर्ने, पर्यटक आकर्षण र टिकाउन वातावरण, होटलको स्तोरन्नोति के कसरी गर्ने भन्ने योजना बनाउन आवश्यक रहेको प्रमुख नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले नगर भित्र रहेका बुद्ध समाधी स्थल रामग्राम स्तुप र बुद्धको मावली स्थान पण्डितपुरको विकास गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषलाई रहेकोले ती क्षेत्रको प्रवद्र्धन र त्यहाँसम्म पुग्ने सडक लगायतको पूर्वाधारका लागि गुरुयोजना बनेको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यावसायी संघका जिल्ला अध्यक्ष रमेश पाण्डेले पर्यटकीय क्षेत्रमा होटल तथा होमस्टेमा लगानी गर्न व्यावसायी तयार रहेको तर यातायात, शान्ति सुरक्षा लगायत लगानीको वातावरण बनाउन आग्रह गरे । उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्तले कृषि र पर्यटनलाई जोडेर पर्यटनको विकास गर्न सकिने बताए ।
संचार र पर्यटन विषयमा भएको अन्तक्रिया कार्यक्रमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय पर्यटन पत्रकारका सलाहाकार पत्रकार बेचु गौड, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी लगाएतले बोलेका थिए ।


You might also like
Loading...