नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावलको सपथ ग्रहण

152












परासी, १७ पुस ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउँपालिका कमिटि पश्चिम नवलपरासीको सपथ ग्रहण मंगलबार सरावल गाउपालिका वडा नम्बर ७ भुजहवामा भएको छ ।
नेकपाले सरावलमा लिलाधर पाण्डेको अध्यक्षतामा ७० सदस्यीय कमिटि गठन गरेको छ । कमिटिका सदस्यहरुलाई प्रदेश ५ का सदस्य घनश्याम यादवले सपथ ग्रहण गराएका थिए ।
नेकपाका जिल्ला अध्यक्ष थान प्रसाद गैरेको अध्यक्षता भएको कार्यक्रममा नेकपाका स्थानीय नेताहरु भगवती भण्डारी, बृहस्पति अधिकारी, सिता बौडेल, रामानन्द यादव, भविश्वर तिवारी, सूर्य न्यौपाने, नारायण पाण्डे, सरावल वडा नम्बर ७ का वडाध्यक्ष हयात धुनियाले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रल्हाद पासीले स्वागत मन्तव्य राखेको कार्यक्रम नेकपा जिल्ला कार्यदल सदस्य तुलसी पासीको सञ्चालनमा भएको थियो ।



You might also like
Loading...