सरावलमा सचेतना र्याली

57







संजय तिवारी,
बर्दघाट, १७ पुस ।

एबिसि नेपाल नवलपरासीको आयोजना र स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सरावल गाउपालिकामा मंगलबार सचेतना र्याली निकालिएको छ ।
आपङगता भएका ब्यक्तिहरुको सशतिकरण तथा समावेशिता र समानताको सुनिश्चिता सम्बन्धित र्याली कार्यक्रम अन्र्तगत मंगलबार सरावल गाउँपालिका वडा नम्बर ३ सरावल गाउमा अपांगता ब्यक्तिलाई दया होईन माया र सम्मान गर्नुपर्छ, उनिहरुको हक र अधिकारलाई सुनिस्चित गर्नुपर्छ भन्ने नाराका साथ निकालिएको र्यालीले सरावल गाउ परिक्रमा गरेको थियो ।
र्यालीमा एबीसी नेपालकी सिबिएमएफ ममता कुमारी विक र राजमन बरई सहित दिब्यज्योती सवांदक केन्द्र सरावल ३ का किाशोर किशोरीहरु लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै मंगलबार सरावल गाउँपालिका वडा नम्बर ३ पिपरामा पनि र्याली निकालिएको छ ।



You might also like
Loading...