नवलपुर किशोरी शसक्तिकरण सञ्जाल गठन

45








कावासोती, १८ पुष । जिल्लामा किशोरी अधिकारका सवालहरुमा पैरवी गर्ने उदेश्यका साथ नवलपुर किशोरी शसक्तिकरण सञ्जाल गठन भएको छ ।
जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरु सदस्य रहने गरी जागृति बाल तथा युवा सरोकार नेपालको संयोजनमा सञ्जाल गठन भएको हो । सञ्जालले किशोरी शसक्तिकरणको लागि किशोरी अधिकारलाई नीतिगत रुपमा स्थापित गराउन पैरवी गर्ने सञ्जालको मुख्य लक्ष्य रहेको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।
पौष १५ देखि चितवनको सौराहमा सञ्चालित बालिका तथा किशोरीको संरक्षणको लागि पैरवी कार्यक्रममा सहभागी नवलपुर क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरुको संलग्नतामा सो सञ्चालन गठन गरिएको हो । चार दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा किशोरी अधिकारका सवाललाई कसरी मुलप्रवाहिकरणमा ल्याउन सकिन्छ भन्ने बारे छलफल भएको थियो ।
कार्यक्रमका मुख्य प्रशिक्षक मिलन धरेलले छलफलको माध्यमबाट किशोरी अधिकारको सवाल र त्यसलाई कसरी पैरवी गर्ने भन्ने विषयमा सहजिकरण गरेका थिए ।
छलफलबाट मुख्यगरी प्राविधिक शिक्षामा किशोरीको समान सहभागिता, विद्यालय व्यवस्थापन समितिमा किशोरी सहभागिताको सुनिश्चितता, विद्यालयमा अनिवार्य निशुल्क सेनेटरी प्याडको उपलब्धता, खेलकुद तथा मनोरञ्नात्मक क्रियाकलापमा किशोरीको समान सहभागिता लगायतको सवाल पहिचान गरिएको थियो ।
सवाल पहिचान संगै त्यसको कार्यान्वनय गर्न सम्बन्धीत पक्षको पहिचान, त्यसको लागि आवश्यक पैरवीका विधि सहितको कार्ययोजना समेत निर्माण गरिएको छ । कार्यक्रममा तय गरिएको सवाललाई पैरवी गर्दै किशोरी अधिकार स्थापित गराउने नै बुधबार गठित सञ्जालको मुख्य उद्देश्य रहेको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा क्यानालानको सहयोगमा सञ्चालित कार्यक्रममा जिल्लाका २० भन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



You might also like
Loading...