सन् २०१८ मा युएईमा १०७ नेपाली श्रमिकको मृत्यु

76








काठमाडौं । सन् २०१८ मा मात्रै संयुक्त अरब इमिरेट्स (युएई) मा नाैं महिलासहित १०७ जना नेपाली श्रमिकहरुको मृत्यु भएको छ ।


नेपाली राजदूतावास अबुधाबीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै प्राकृतिक कारणले तीन महिलासहित ४७ जनाको मृत्यु भएको छ ।

३० जना पुरुष र तीनजना महिलाले आत्महत्या गरेका छन् भने २१ पुरुष र दुईजना महिलाको दुर्घटनामा परेर मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

सन् २०१८ मा मृत्यु भएका चार जनाको शव भने अझै युएईमै छ । सूर्य वि.क, अमृतबहादुर कार्की, सृजना बराल र अशोक भट्टराईको शव नेपाल ल्याइएको छैन ।

अनुसन्धान प्रकृयामै भएकोले शव नेपाल पठाउन नसकिएको दूतावासले जनाएको छ ।



You might also like
Loading...